नियम ७
वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने
(१) नियम ४ बमोजिम स्वीकृत क्षेत्र निर्धारण प्रतिवेदन, नियम ५ बमोजिम स्वीकृत कार्यसूची तथा नियम ६ बमोजिम गरिएको सार्वजनिक सुनुवाईबाट प्राप्त सुझाव समेतको आधारमा प्रस्तावकले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदन तयार गर्दा प्रस्तावकले प्रस्ताव कार्यान्वयन हुने स्थानीय तह तथा त्यस क्षेत्रमा रहेका सम्बन्धित सरोकारवाला निकाय, व्यक्ति वा संस्थालाई सो प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा सात दिनभित्र लिखित सुझाव उपलब्ध गराउन अनुसूची-९ बमोजिमको ढाँचामा त्यस्तो स्थानीय तहको कार्यालय, सो क्षेत्रमा रहेको शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा कुनै सार्वजनिक स्थलमा सूचना टाँस गरी मुचुल्का तयार गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूचना संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण गर्नु पर्ने प्रस्तावको हकमा कुनै एक स्थानीय पत्रिकामा र वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको हकमा राष्ट्रियस्तरको कुनै एक दैनिक पत्रिकामा प्रकाशन गरी आफ्नो वेबसाइट भएमा सोमा समेत प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (२)-र (३) बमोजिम सूचना टाँस वा प्रकाशन भएकोमा: सो सम्बन्धमा कसैको राय सुझाव भए सूचनामा उल्लिखित अवधिभित्र सम्बन्धित प्रस्तावकलाई आफ्नो राय सुझाव दिन सकिनेछ ।
(५) यस नियम बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्दा देहायको ढाँचामा तयार गर्नु पर्नेछः-
(क) संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन अनुसूची-१० बमोजिम,
(ख) प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसूची-११ बमोजिम,
(ग) वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन अनुसूची-१२ बमोजिम । (६) प्रस्तावकले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्दा अनुसूची-१३ बमोजिमका विज्ञ मार्फत तयार गर्नु पर्नेछ ।
(७) यस नियमावली बमोजिम - तयार गरिने वातावरणीय अध्ययन प्रतिवेदन, क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची नेपाली भाषामा तयार गर्नु पर्नेछ ।
तर वातावरणीय अध्ययन प्रतिवेदन, क्षेत्र निर्धारण प्रतिवेदन वा कार्यसूचीमा उल्लेख गर्नु पर्ने प्राविधिक शब्द तथा नेपाली भाषामा उल्लेख गर्दा सो शब्दको मूल आशयमा फरक पर्न सक्ने खालका शब्द अङ्ग्रेजी भाषामा उल्लेख गर्न सकिनेछ ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिदेशी लगानी भएका प्रस्तावको हकमा तयार गरिने वातावरणीय अध्ययन प्रतिवेदन, क्षेत्र निर्धारण प्रतिबेदन र कार्यसूची नेपाली वा अङ्ग्रेजी भाषामा तयार गर्न सकिनेछ ।
(९) उपनियम (८) बमोजिमको अध्ययन प्रतिवेदन, क्षेत्र निर्धारण प्रतिबेदन र कार्यसूची अङ्ग्रेजी भाषामा तयार पारिएको भए सोको कार्यकारी सारांश सहितको संक्षिप्त प्रतिवेदन नेपाली भाषामा समेत तयार पार्नु पर्नेछ ।